रौतहट १ पुष । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ५ मा १५ शैयाको अस्पताल निर्माण गर्नु पर्ने भन्दै स्थानियले ज्ञापन पत्र बुझाएका छन ।
राजदेवी नगरपालिकाको वडा नम्बर ७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय भएको थियो । तर सो स्थानमा अस्पताल निर्माण गर्दा स्थानियलाई पायक नपर्ने भन्दै सोही नगरपालिकाको वडा नम्बर ५ मा निर्माण गर्नु पर्ने बताउदै बुधबार नगर प्रमुख धिरेन्द्र सिंहलाई ज्ञापन पत्र बुझाएका छन ।
हाल निर्माण गर्ने स्थान गौर नगरपालिकाबाट ५०० मिटर मात्र दुरि भएको र जिल्ला अस्पताल रौतहट समेत नजिक रहेकाले उपयुक्त स्थान वडा नम्बर ५ सो अस्पताल निर्माण गर्नु पर्ने स्थानियको माग रहेको छ ।
राजदेवी नगरपालिकाको वडा नम्बर ७ मा अस्पताल निर्माण गर्दा पानी निकासकको ब्यवस्थापन समेत नरहेकाले पछिल्लो समय अस्पताललाई क्षति पुर्याउन खतरा समेत रहेकाले उपयुक्त स्थान वडा नम्बर ५ मा नै सो अस्पताल निर्माण गर्न स्थानियले नगर प्रमुख धिरेन्द्र सिंहको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको राजदेवी नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष पंकज कुमार सिंहले बताए ।