नेप्से आज पनि घट्यो, ५ अर्बको कारोबार

नेप्से आज पनि घट्यो, ५ अर्बको कारोबार

  • बुधबार, पुस १, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ ।

कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर रु पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ४३ लाख ९५ हजार ३६२ बराबरको कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स रु ३१ करोड ९१ लख ७६ हजार ९३०, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ३९ लाख ६९ हजार १४६, नबिल बैंक रु १८ करोड ४८ लाख ५९ हजार ९७५, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु १३ करोड नौ लाख १७ हजार ७७१, नेपाल इन्भेस्टमेन्ट बैंक रु १२ करोड ९७ लाख ६५ हजार ३१७, आरएमडिसी रु १२ करोड १३ लाख ८३ हजार र एनआइसी एशिया बैंक रु ११ करोड ३९ लाख ४५ हजार ८१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए । यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३.२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ