केही घट्यो शेयर बजार, ६ अर्बको कारोबार

केही घट्यो शेयर बजार, ६ अर्बको कारोबार

  • मङ्लबार, मंसिर ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५.७५ बिन्दुले घटेर २०६१.४१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ ले घटेर ३८७.४२ मा ओर्लेको छ । कूल २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर रु छ अर्ब छ करोड ९३ लाख ३१ हजार ६८७ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारका आधारमा बजार पूँजीकरण रु २७ खर्ब ६३ अर्ब ६५ करोड ५६ लाख बराबर पुगेको छ ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.०८, लघुवित्त ५९.५९ र जीवन बीमा ५१.७९ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ५४.५६, होटल २०.५४, विकास बैंक २४.१४, जलविद्युत् १८.८५, वित्त ६.१९, निर्जीवन बीमा ८१.९६, उत्पादन ११५.१३, अन्य १८.८९ र सामूहिक जीवन बीमा ०.०७ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ३८ लाख २६ हजार ७५६ बराबरको कारोवार भएको छ । यस्तै, पुनःबीमा कम्पनी रु ३६ करोड आठ लाख २७ हजार ४८०, नेपाल बैंक लिमिटेड रु २२ करोड ६३ लाख ९६ हजार ४३४, नबिल बैंक रु २० करोड एक लाख ११ हजार ६८४, एनआइसी एशिया बैंक रु १९ करोड १९ लाख ७४ हजार, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ११ लाख ७६ हजार ६०४ र शिवम् सिमेन्ट रु १७ करोड २० लाख ६५ हजार ५४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोवारका आधारमा उन्नति सहकार्य लघुवित्त ९.९८, सामहुली सामुदायिक लघुवित्त ९.९८, गुराँस लघुवित्त ९.९८, ग्लोबलअ आइएमई लघुवित्त ९.९४ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाए । त्यस्तै, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.७६, सिन्धु विकास बैंक ४.२२, सन्राइज फस्ट म्युचुअल फण्ड ३.८०, नेपाल हाइड्रो ३.८० र शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ