मंसीर २९ लाहान । काँग्रेसले देशव्यापी आयोजना गरेको सरकार बिरोधी प्रदर्शन सिराहामा पनि भएको छ । सिराहाको सदरमुकाम सिराहामा आयोजित कार्यक्रममा काँग्रेसका हजारौ कार्यकर्ता र समर्थक सहभागी थिए ।
उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारी, जिल्ला सभापति रामचन्द्र यादव लगायतकाले संवोधन गर्दै भ्रष्ट र निरंकुश ओली सरकार असफल भएको र यसले देशलाई निकाश दिन नसक्ने बताएका थिए ।
गाँउ गाँउबाट काँग्रेसले कार्यकर्ताहरु जम्मा पारेर प्रदर्शनमा उतारेका थिए ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline