लुम्बिनी विकास बैंकले ललितपुर मंगलबजारमा खोल्यो नयाँ शाखा, अन्य स्थानमा पनि खोल्दै जाने

लुम्बिनी विकास बैंकले ललितपुर मंगलबजारमा खोल्यो नयाँ शाखा, अन्य स्थानमा पनि खोल्दै जाने

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

मंसीर २९ काठमाण्डौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुर मंगलबजारमा नयाँ शाखा बिस्तार गरेको छ । ललितपुर, महानगरपालिका महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९ औं शाखाको रुपमा शाखा कार्यालयको शुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जानकारी दिए ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईएको थियो ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्ब ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी रु २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।
यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ६४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको सिईओ बोहराले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ