वाणिज्य विभाग परिसरमै सिभिल बैंकको काउन्टर सन्चालन, राजश्व बुझाउन बाहिर जानुपर्ने बाध्यता हट्यो

वाणिज्य विभाग परिसरमै सिभिल बैंकको काउन्टर सन्चालन, राजश्व बुझाउन बाहिर जानुपर्ने बाध्यता हट्यो

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, २९ मंसिर ।
वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले उपभोक्ताको सहजताका लागि आजबाट कार्यलय हाताभित्रै राजश्व दस्तुर बुझाउन सक्ने व्यावस्था गरेको छ ।
विभागले सिभिल बैंकसँगको सहकार्यमा बबरमहल स्थित कार्यलय परिसरभित्रै रहेको काउन्टरबाट दस्तुर बुझाउन मिल्ने व्यावस्था गरेको हो । त्यसका लागि सिभिल बैंकले विभागको हाताभित्रै आफ्नो काउन्टर स्थापना गरेको छ । आज विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र सिभिल बैंकका हेड डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्ग प्रमुख भोला बहादुर विष्टले संयुक्त रूपमा काउन्टरको उद्घाटन गरेका थिए ।
आजैबाट उक्त काउन्टरबाट सेवाग्राहिले सेवा पाउन थालेका छन् ।

यसअघि विभागमा जम्मा गर्नुपर्ने राजश्व बबरमहलस्थित एन.एम.बी बैंक बबरमहलबाट बुझाईदै आएको थियो । बिहान १० बजेदेखि २ बजेसम्म लाईन बसेर राजस्व बुझाउनु पर्ने र बैंकमा राजश्व बुझाउन छुट्टै काउन्टर नहुँदा सेवाग्राही मर्कामा परेको तिब्र गुनासोपछि विभागले सिभिल बैंकसँगको सहकार्यमा राजश्व बुझाउने प्रयोजनका लागि मात्रै छुट्टै बैंकिङ काउण्टरको शुरूवात भएको विभागले जाएको छ ।

उक्त काउन्टरबाट विभागमा जम्मा गर्नुपर्ने सबै किसिमका राजश्व दस्तुर बुझाउन सकिनेछ ।

महानिर्देशक सुवेदिले विभाग परिसरमै काउन्टर सन्चालनमा आएपछि राजश्व बुझाउन टाडासम्म पुग्नुपर्ने र सोहि कारण समयमा सेवा पाउनबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनु भयो । सेवाग्राहीको सुविधाको लागि मोवाईलबाटै टन्सफर गरेर दस्तुर बुझाउन सक्ने व्यावस्था बैंकले गर्नुका साथै चाप बढी भएमा थप दुई वटा काउन्टर राखेर सेवा दिने सहमती भएको पनि बताउनु भयो ।
यस्तै यसअघि २ बजेभित्र दस्तुर बुझाईसक्नुपर्ने बाध्यता रहेकोमा विभाग परिसरमै रहेको काउन्टरबाट दस्तुर बुझाउने समय पनि थप एक घण्टा बढाईएको पनि जानकारी दिनुभयो ।

अहिले कारोना महामारीकै समय भएकाले सुरक्षीत रुपमा सेवाप्रवाहमा कठिनाई भएपनि स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै सहज रुपमा सेवा प्रवाहमा आफुहरु निरन्तर लागिरहने बताउनु भयो ।
उता सेवाग्राहीले पनि राजश्व दस्तुर विभागकै परिसरमा बुझाउन पाउँदा सहज भएके प्रतिकृया दिए । काउन्टरको अगाडि दस्तुर बुझाउन बसेका सुरज श्रेष्ठले यसअघि एन.एम.बी बैंकको शाखामा राजस्व रकम जम्मा गर्दा घण्टौ लाईन बस्नु परेको, जाँदा जाँदै डिपोजिट गर्ने समय सकिएको र कतिपटक एकैदिनमा सकिने कामलाई नै दुई दिन समय लागेको अनुभव सुनाए ।

                     काउन्टरको उद्घाटनपछि सामुहिक तस्बिर लिईदै ।

यस्तै विभागका प्रवक्ता तथा वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाइँले राजश्व दस्तुर तिर्न टाडा जानुपरेकै कारण सेवाप्रवाहमा हुने ढिलाईको अन्त्य भएको बताउनु भयो ।

विभागका महानिर्देशक सुवेदी र सिभिल बैंकका ट्राण्जेक्सन बैकिङ्ग प्रमुख विष्ट।

विगत लामो समयदेखिको विभागको प्रयास अन्तत सिभिल बैंकसँगको सहकार्यमा काउन्टर स्थापना भएसँगै राजस्व तिर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ