मंसीर २९ काठमाडौं। केही दित अघि ओरालो लागेर लगानीकर्तामा नैरस्यता पैदा गरेको शेयर बजारले पुनः गति लिएको छ । आज शेयर सूचक ५६ अंकले बढेर २०६७ अंक पुगेको छ। सोमबार ७ अर्ब २० करोड रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
सोमबार जीवन बीमा र व्यापार समुहको उपसूचक ८ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ। जीवन बीमा समुह एक हजार अंकले बढ्दा निर्जिवन बीमा समुह ३७९ अंकले बढेको छ। जीवन बीमाको सूचक १३ हजार अंक माथी पुगेको छ ।
आज जलविद्युत समुहको शेयर भने १९ अंकले घटेको छ । यस अघि जलबिद्युतको शेयर निकै माथि पुगेको थियो ।
नेपाल लाइफ, नेश्नल लाइफ र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ता आकर्षित भएका थिए । सबै भन्दा धेरै कारोबार आज बीमा कम्पनीहरुको भएको हो ।
नेपाल लाइफको करिब ७५ करोड रुपैयाको किनबेच हुँदा पुनर्बिमा कम्पनीको ४६ करोड, नेश्नल लाइफको ४२ करोड, नबिल बैंकको ३३ करोड र शिखर इन्स्योरेन्सको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।