मनकामना केवलकारमा यात्रुको चाप

मनकामना केवलकारमा यात्रुको चाप

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मंसीर २९ काठमाण्डौं । लकडाउनका कारण करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवापुनः संचालनमा आएको छ । मनकामनामन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो ।
लामो समयदेखि बन्द रहेको मनकामनामन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको छ ।
केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जस अन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हातधुने आदि व्यवस्था मिलाईएको छ । केबुलकार सेवाक्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवादिइने र तत्पश्चात् स्वतःप्रवेश बन्दगरिने समेत जनाएको छ ।

कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालनगरिनेछ । तर शनिबारको दिनदर्शनार्थीहरुको चाप बढी भएमाविहान ८ बजेदेखि नै संचालनमाल्याइने समेत ल्याईने केबुलकारले जनाएको छ ।
केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासकाव्यापार व्यवसायमा समेत चहलपहल देखिनथालेको छ ।
केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवाप्रदायककम्पनीसंग सम्झौता गरी सकेको हुँदायात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ