टेस्ट क्रिकेटः वेष्ट ईन्डिजलाई पाखा लगाउदै श्रृंखला न्युजिल्याण्डको पक्षमा

टेस्ट क्रिकेटः वेष्ट ईन्डिजलाई पाखा लगाउदै श्रृंखला न्युजिल्याण्डको पक्षमा

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

वेलिङ्टन, २९ मंसिर । भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ ।

चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको हो । पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो ।
ब्याटिङ र बलिङ दुबैमा सशक्त प्रदर्शन गरेको न्यूजील्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो ।

यो जितसँगै न्यूजील्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ । विश्व शृंखलामा न्यूजील्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् ।

पहिलो टेस्ट खेलमा पनि न्यूजील्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

न्यूजील्यान्डले घरेलु मैदानमा आगामी डिसेम्बर २६ देखि पाकिस्तान विरुद्ध खेल्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ