यु १९ विश्वकपको छनोट खेलको तालिका पुनः सार्वजनिक, नेपालले भने सोझै एसियाको क्षेत्रीय छनोट खेल्ने

यु १९ विश्वकपको छनोट खेलको तालिका पुनः सार्वजनिक, नेपालले भने सोझै एसियाको क्षेत्रीय छनोट खेल्ने

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २८ मंसिर । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कोरोना माहामारीका कारण स्थगित सन् २०२२ को यु १९ विश्वकपको छनोट खेलको तालिका पुनः सार्वजनिक भएको छ । वेष्ट इन्डिजमा हुने विश्वकपमा ५ स्थानको लागि विश्वभरका ३३ राष्ट्रले छनोट खेल खेल्ने छन् । गत संस्करणको यू-१९ विश्वकपमा शीर्ष ११ भित्र रहेका राष्ट्र भने सिधै विश्वकपमा छनोट भएका छन् ।

अफगानिस्तान,अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र जिम्बाबे सोझै यू-१९ विश्वकपमा छनोट भएका छन् । क्षेत्रीय छनोटबाट आउने थप ५ राष्ट्रले ११ राष्ट्र सम्मलित यू-१९ विश्वकपमा प्रतिस्पर्धा गर्ने छन् । सन् २०२१ को जुनमा सात क्षेत्रीय प्रतियोगिताबाट छनोट खेल्ने राष्ट्रको टुंगो लाग्ने छ ।

एसिया र अफ्रिका क्षेत्रमा बलिया राष्ट्र भएका कारण दुई क्षेत्रलाई थप दुई डिभिजनमा विभाजन गरिएको छ । पहिलो डिभिजनमा छनोट हुने राष्ट्रले क्षेत्रीय छनोट खेल्ने छ । नेपालले भने सोझै एसियाको क्षेत्रीय छनोट खेल्ने छ । नेपाल एसिया छनोटमा च्याम्पियन भएको खण्डमा सिधै विश्वकप खेल्नेछ ।

एसिया क्षेत्रीय छनोटमा नेपालसंगै युएई, मलेसिया र डिभिजन छनोटबाट छानिएका २ राष्ट्र रहने छन् । क्षेत्रीय छनोट युएईमा हुने छ । क्षेत्रीय छनोटको विजेताले विश्वकपमा स्थान बनाउने छ ।

नेपालले खेल्ने एसिया छनोटको मिति भने सार्वजनिक गरिएको छैन । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले बंगलादेशमा भएको सन् २०१६ को विश्वकप खेले यता यू-१९ विश्वकपमा छनोट हुन सकेको छैन ।

गत संस्करणको विश्वकप छनोटमा नेपाल युएईसंग डीएलए पद्दतीमा १ रनले पराजित हुँदा विश्वकप पुग्न असफल भएको थियो । नेपाल अहिलेसम्म यू-१९  विश्वकपमा दुई पटक सेमिफाइनल पुगेको छ । यू-१९ विश्वकपमा नेपालले अधिकांश टेष्ट राष्ट्रलाई पराजित गर्दै आएको इतिहास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ