मंसीर २८ ललितपुर । ललितपुरको ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ भीषण आगलागी भएको छ । पेट्रोल पम्पमा तेल अनलोड गर्नेक्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि वरपरका घरमासमेत क्षति पुर्याएको छ । पछि दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
यस्तै करीब आधा दर्जन मोटरसाईकलमा समेत सामान्य क्षति भएको खबर छ । ६ हजार लिटर पेट्रोल रहेको ट्यांकरबाट तेल अनलोड गरिदै थियो । आगलागीको कारण खुलीसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline