पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

तेह्रथुम, मंसिर २८ गते । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा तिन जना बालिकाको मृत्यु भएको छ । सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय ईन्द्र बहादुर लिम्बुका दुई छोरीहरु ७ बर्षीया रन्जना लिम्बु र ५ बर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुको ८ बर्षीया छोरी सुहाना लिम्बु उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको तथा शव परिक्षणको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ