देउवाको अनुपस्थिति पछि आज पनि संवैधानिक परिषद्को बैठक स्थगित

देउवाको अनुपस्थिति पछि आज पनि संवैधानिक परिषद्को बैठक स्थगित

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

मंसीर २८ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाको अनुपस्थिति पछि अन्ततः आज पनि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । रिक्त संवैधानिक निकायका ४५ पदमा नियुक्तिका लागि बैठक राख्ने प्रधानमन्त्री ओलीको प्रयास अझै सफल हुन सकेको छैन ।

आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित थिए ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्‍को बैठक बस्‍न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।
काँग्रेस सभापति देउवाले हिजै आफू उपस्थित हुन नसक्ने जनाउ प्रधानमन्त्रीलाई पठाएका थिए ।
देउवाले शुक्रबार भेटेर बैठकमा आउने संकेत दिए पनि काँग्रेस भित्र भोली हुने आन्दोलनको पूर्व सन्ध्यामा भागवण्डामा सहमति गरेको सन्देश जाने भए पछि उनी नगएका हुन् ।

१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४५ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ