मंसीर २७ काठमाण्डौं । नेकपा स्थायी समितिको बैठक राखिएको दिन र काँग्रेसले सडकमा शक्ति प्रदर्शन गर्ने अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठककमा आफू जान नसक्ने प्रमुख बिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले जनाउ दिएका छन् ।
शुक्रबार साँझ भएको भेटमा समेत देउवा बैठकमा जान सहमत रहेको र विभिन्न भागवण्डामा सहमति जनाएको भनिए पनि अन्ततः देउवाले आज आफू निकट नेता रमेश लेखक मार्फत पत्र पठाएका हुन् ।
यस अघि पनि पटक पटक देउवा परिषद्को बैठकमा गएका थिएनन् । यसले रिक्त ४५ वटा संवैधानिक आयोगका पदहरुमा भागवण्डा गरेर नियुक्त गर्ने कार्य पुनः रोकिने देखिएको छ । बैठकमा विपक्षी दलका नेता परिषद् सदस्य रहने व्यवस्था रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline