मंसीर २७ ललितपुर । पछिल्लो समय निरन्तर राजा ल्याउन माग गर्दै प्रदर्शन हुने क्रममा आज ललितपुरमा मोटरसाईकल र्याली निकालिएको छ । आज राप्रपाको नेतृत्वमा राजावादीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए । सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।
र्यालीमा ठूलो संख्यामा युवाहरु सहभागी थिए । पछिल्लो समय सरकारप्रति असन्तुष्टी बढ्दै जादाँ राजाको पक्षमा युवाहरु सडकमा ठूलै संख्यामा देखिन थालेका छन् ।
राजसंस्था पुनस्थापनाको माग गर्दै देश व्यापी कार्यक्रमहरु निरन्तर जारी रहने स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline