महिला र पुरुष फुटबल खेलाडीको समान तलब कायम

महिला र पुरुष फुटबल खेलाडीको समान तलब कायम

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, मंसिर २५ । राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको तलब बढेको छ । अब राष्ट्रिय टिमका हरेक सदस्यले मासिक १८ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

पहिलोपटक एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुषसरहको तलब दिने निर्णय एन्फा कार्यसमितिले गरेको छ । यसअघि, पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँमात्रै तलब पाउँदै आएका थिए ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट खेलको संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ । कार्यसमिति सदस्य विजय घलेलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपालले विश्वकप छनोटअन्तर्गत् घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बाँकी छ । अखिल नेपाल फुटबल संघ (एन्फा) साधारणसभा आउँदो माघ ६ गते हुने छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो । कोरोनाभाइरसको महामारीका कारण ‘एन्फा डे’का दिन गएको चैत २२ गते हुनुपर्ने साधारणसभा हुनसकेको थिएन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ