टि–२० बरियतामा सन्दीप एक स्थान माथि

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

मंसीर २५ काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा हुनुहुन्थ्यो ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि हुनुहुन्छ । नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहनुभएको छ । लामिछानेले क्यारेवियन प्रिमियर लिग ९सिपीएल० पछि कुनै पनि प्रतियोगिता खेल्नुभएको छैन । इन्डियन प्रिमियर लिग ९आइपीएल० मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ । –

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ