म्यानचेष्टर युनाईटेड युरोपेली च्याम्पियन्स लिगको समुहचरणबाटै बाहिरीयो

म्यानचेष्टर युनाईटेड युरोपेली च्याम्पियन्स लिगको समुहचरणबाटै बाहिरीयो

  • बुधबार, मंसिर २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मंसीर २५ एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको सहुम चरणबाटै म्यानचेष्टर युनाईटेड क्लब बाहिरिएको छ । जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोल अन्तरमा पराजित हुँदै इंग्लिस महारथी म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको हो ।

घरेलु मैदानमा लाइपजिगले पहिलो हाफको १३ मिनेटभित्रै १–० को अग्रता बनाएको थियो। दोस्रो मिनेटमा एन्जेलिनोले गोल गर्दा १३ औं मिनेटमा अमादोउ हैदराले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। पहिलो हाफमा २–० ले अघि रहेको लाइपजिगले दोस्रो हाफमा थप एक गोल थप्यो।

खेलको ६९ औं मिनेटमा जस्टिन क्लुइभर्टले गोल गरी लाइपजिगलाई ३–० को अग्रता दिलाए ।

युनाइटेडले २ मिनेटको अन्तरमा २ गोल गरी खेलमा फर्कने प्रयास गर्यो ।
८० औं मिनेटमा बुर्नो फर्नान्डेजले पेनाल्टीमा र ८२ औं मिनेटमा पोग्वाले गोल गरे पनि टोलीलाई रोक्न सकेनन्।

यो हारसँगै युनाइटेडले अब युरोपा लिग खेल्नेछ। समूह एचबाट आरबी लाइपजिग नकआउट चरणमा पुगेको छ। इस्तानबुलसँगको खेल अवरूद्ध भए पनि यो समूहबाट फ्रान्सेली च्याम्पियन पीएसजीले पनि अन्तिम १६ को यात्रा तय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ