लागुऔषध सहित ५  जना पक्राउ

लागुऔषध सहित ५  जना पक्राउ

  • बुधबार, मंसिर २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

बिराटनगर, मङसिर्, २४ गते ।  मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका-९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई  Tramadol Hydrochloride ८ हजार क्याप्सुल, नाईट्राभेट-१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १००ml को  TLANOKOF  ३० वोतल सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-१३ खनारबाट मोरङको जहदा गाउँपालिका-४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई Tramadol ३६० क्याप्सुल र Spaspain १८८ ट्यावलेट लागुऔषध  सहित पक्राउ गरेको हो ।

यस्तै ईटहरी-८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी-६  बाट लागुऔषध Tramadol Hydrochloride ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ