धनुषा , २३ मंसिर ।
धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पूर्व–पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिका सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजार सडकखण्डमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६१२३ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको ज११प ९५८८ नम्बरको मोटरसाइकललाई वीरेन्द्रबजारमा ठक्कर दिँदा बस्नेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेतको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline