अब सहकारीले एक प्रतिशत भन्दा बढी सेवाशुल्क लिन नपाउने

अब सहकारीले एक प्रतिशत भन्दा बढी सेवाशुल्क लिन नपाउने

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मंसीर २३ काठमाण्डौ । सहकारी विभागले सहकारीहरुले ऋण लगानी गर्दा लिने मंहगो सेवाशुल्क कटौती गरेको छ ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै सरकारीहरुले ऋण लगानी गर्दा लिने सेवा शुल्क निर्धारण गरिएको जनाएको छ । अब माघबाट लागू हुने गरी सहकारीहरुले ऋण लगानी गर्दा अधिकतम १ प्रतिशतमात्र सेवा शुल्क लिन पाउने भएका छन्। विभागले सहकारीहरुले लघुवित्त ऋणमा भने १.५ प्रतिशसम्म सेवा शुल्क लिन पाउने निर्धारण गरेको छ।

सहकारी विभागले २०७६ साउनमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेको थियो। पछि त्यसलाई पुनरावलोकन गर्दै गत कात्तिक १५ गतेबाट १४.७५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था गरिएको छ।

ब्याजदरमा सीमा तोकेपछि सहकारीले मनोमानी तरीकाले ऋण लगानीको सेवा र नवीकरण शुल्क लिँदै आएको सेवाग्राहीहरुको गुनासो बढेपछि विभागले सेवा शुल्कको सीमा तोकेको हो।

अब माघबाट सहकारीहरुले ऋण लगानीमा अधिकतम १% मात्र सेवा शुल्क लिन पाउने

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ