नेपालले पहिलो पटक आफैले नापेर सार्वजनिक गर्यो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा

नेपालले पहिलो पटक आफैले नापेर सार्वजनिक गर्यो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

मंसीर २३ काठमाडौँ । नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो ।
नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो । सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग हो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको अनुमान गरिएको थियो ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ