आईएमई लाईफको च्याटबोट शुरु

आईएमई लाईफको च्याटबोट शुरु

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

मंसीर २२ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम प्रयोग गरी विश्वको जुनसुकैस्थानबाट कम्पनीले प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४ सै घण्टा आवश्यक
जानकारी उपलब्ध गराउन आजबाट  I.M.E. LIFE 360-Your Virtual Assistant नामको च्याटबोट  नेपालमै पहिलो पटक जीवन बीमा कम्पनी मध्य सर्वप्रथम योसेवा संचालनमा ल्याएको छ । हाल यो सेवा कम्पनीको वेभ साईटमा उपलब्ध रहेको छ भने भविष्यमा कंम्पनीको अधिकारीक Mobile Apps ( IOS & Aneroid) / Messenger मा समेत उपलब्ध गराईने विज्ञप्ति जारी गरी कम्पनीले जनाएको छ ।
यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने,बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
च्याटबोट सेवा मार्फत्बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत्तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन्।
यो सेवा सञ्चालनमा आए सगै कंम्पनीका बीमित, अभिकर्ता र कम्पनी सँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन कम्पनीले जनाएको छ ।
हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबोट सेवा हाम्रा आदरणीय ग्राहकबर्गहरूमा बरदान सावित हुने कम्पनीको विस्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ