स्मिथ र पाट कुमिन्स शीर्ष स्थानमा यथावत

स्मिथ र पाट कुमिन्स शीर्ष स्थानमा यथावत

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी ।
अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा कायम रहेका हुन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै विलियम्सन दोस्रो स्थानमा उक्लिएका छन् ।
अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा रहेका छन् ।

नयाँ वरीयता अनुसार अष्ट्रेलियाका डेभिड वार्नर, भारतका चेतेश्वर पुजारा, इंग्ल्यान्डका बेन स्टोक्स, इंग्ल्यान्डका जोय रुट र न्युजिल्याण्डका टम लाथम छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । न्युजिल्यान्डका निल वाग्नेर दोस्रो, इंग्ल्यान्डका स्टुवार्ड बोर्ड तेस्रो, न्युजिल्याण्डका टिम साउथी चौंथो र दक्षिण अफ्रिकाका कागीसो राबडा पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा उक्लिएका छन् ।वेष्ट इन्डिजका जासन होल्डर दोस्रो, रबिन्द्र जडेजा तेस्रो, बंगलादेशका शाकिब अल हसन चौंथो र अष्ट्रेलियाका मिचेल स्टार्क पाँचौ स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ