मंसिर २२, रुकुम पश्चिम । विप्लव नेतृत्वको नेकपाका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले सानीभेरी गाउँपालिका सेक्रेटरी आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको हो ।
सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ परेका बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष हुन् । सानीभेरी गाउँपालिकामा आउदैगरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
आइतबार दिउँसो पक्राउ परेका उनीहरुलाई सोमबार जिल्ला ल्याइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline