अर्थमन्त्रीको एक कल जसले बढायो आज शेयर बजार

अर्थमन्त्रीको एक कल जसले बढायो आज शेयर बजार

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

मंसीर २२ काठमाण्डौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको विदाईसगैँ बृद्धि हुन थालेको नेप्से विष्णु पौडेल अर्थमन्त्री भए पछि झन बढेको थियो । तर अचानक आईतबार एक सय २३ अंकले घटे पछि धेरै लगानीकर्ताले गुमाएनन् मात्र लगानीकर्तामा निराशाको संकेत पनि छायो ।
तर आज बजारले फेरी आफ्नो गति पकडेको छ । शेयर धितो कर्जा नीति पुनरावलोकन र धितोपत्र बोर्डले नेप्सेलाई लेखेको भनिएको शंकास्पद धन सम्बन्धि पत्रको हल्लासगँ बजार ओरालो लागेको थियो ।
तर आज अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज विहान टेलिफोन गरी शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न आग्रह गरेको समाचार सार्वजनिक भयो ।
अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई तत्काल नीति परिवर्तन नर्गन आग्रह गरेको हल्ला बजारमा आएपछि आज सोमबार पुनः ७२.२८ अंकले बढेर नेप्से २००० अंक माथि पुगेको छ ।

अर्थमन्त्री पौडेलले सरकारले निजीक्षेत्रलाई हातेमालो गरेर अगाडि बढ्न लागेकाले सो क्षेत्रलाई तर्साउने गरी नीति नल्याउन सुझाव दिएको सार्वजनिक भएको छ ।
विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा पनि शेयर बजार बढेको र अहिले पनि उनी दोस्रो पटक अर्थमन्त्री हुँदा शेयर बजारले उनलाई स्वागत गरेको थियो ।

राष्ट्र बैंकले शेयर कर्जामा कडाइ गर्ने संकेत देखिएपछि आइतबार लगानीकर्ताले पनि गभर्नरलाई पत्रलेखि अस्थिर नीति नल्याउन दवाव दिएका थिए ।
आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको ४७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल टेलिकमको ३३ करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकको २५ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २४ करोड ३६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १९ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १६ करोड ३५ लाख रुपैयाँ, नेपाल बैंकको १४ करोड ७६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ