ब्रुममाथि क्रिस्टलको शानदार जित

ब्रुममाथि क्रिस्टलको शानदार जित

  • आइतवार, मंसिर २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा प्यालेसले वेस्ट ब्रुममाथि ५-१ गोल अन्तरको सानदार जित दर्ता गरेको हो ।

वेस्ट ब्रुमको मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहा र क्रिस्टियन बेन्टेकेले समान दुई दुई गोल गरे । क्रिस्टलले एक गोल आत्मघाती उपहार पाएको थियो भने वेस्ट ब्रुमका कोनोरले एक गोल फर्काए ।

निर्धारीत समयमा खेलको आठौं मिनेटमा डर्नेल फुर्लोङको आत्मघाती गोलबाट क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । तर, खेलको ३० औं मिनेट कोनोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
लगतै ३४ औं मिनेटमा माथ्युस पेरीयराले रातो कार्ड पाएपछि वेस्ट ब्रुम पहिलो हाफमै १० खेलाडीमा समेटियो ।

खेलको ५५ औं मिनेटमा जाहाले गोल गर्दै क्रिस्टललाई २-१ को अग्रता दिलाए ।
५९ औं मिनेटमा बेन्टेकेले गोल गर्दा क्रिस्टलको अग्रता ३-१ को बन्यो । खेलको ६८ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दा क्रिस्टल ४-१ ले अघि बढ्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ५-१ को जित दिलाए ।

जितसँगै क्रिस्टलले ११ खेलमा १६ अंक जोडेको छ ।क्रिस्टल ११ औं स्थानमा समेत रहेको छ ।

वेस्ट ब्रुम ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ