मंसीर २१ काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गते देखि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छm । अहिले आईपिओमा लगानीकर्ताको आकर्षण बढीरहेका बेला प्रभुले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
पछिल्लो समय आईपिओमा माग भन्दा बढी आवेदन पर्ने गरेको छ । जनरल ईन्स्योरेन्स, सानीमा जनरल ईन्स्योरेन्स देखि विभिन्न जलबिद्युत कम्पनी र अन्य ईन्स्योरेन्सहरु सम्म आईपुग्दा आईपिओमा माग भन्दा १२ गुणा सम्म बढी आवेदन परेकाले यसमा पनि बढी आवेदन पर्न सक्ने अनुमान छ ।