हुम्ला मंसीर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयामा गएराति जिप सडकबाट खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् ।
सिमकोटबाट बिरामी लिएर हेप्काखोलातर्फ गएको लु२च २१०२ नम्बरको जिप राति ११ तिर खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालकसहित चार जना छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
घाइते हुनेमा जिप चालक सिंगम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सी गाउँकी कल्पना सिंह, बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुम लामा र सिमकोट बजार बस्ने बाजुराका कवि सिंह रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline