रु ११ लाखको अवैध सामान बरामद

रु ११ लाखको अवैध सामान बरामद

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

नवलपरासी , १९ मंसिर ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले आज ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरिएको रु ११ लाख ४२ हजार मूल्य बराबरको सामान भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिका–२ मा सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले लु१ज ३२४३ नम्बरको बलेरो पिकअप गाडीमा सवार व्यक्तिलाई सोधपुछ गर्ने क्रममा अवैध सामान भेटिएपछि सवारीसहित नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा एक हजार ८४० केजी मकै र ९६० केजी हरियो केराउ गरी रु दुई लाख ४२ हजार ४०० बराबरको अवैध सामान फेला परेको प्रनाउ लामाले बताउनुभयो । प्रहरीले गाडीसहित अवैध सामान नियन्त्रणमा लिएको हो । बरामद सामान, गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ