प्रचण्ड माधव पक्षको बिद्यार्थीको अलग्गै भेला

प्रचण्ड माधव पक्षको बिद्यार्थीको अलग्गै भेला

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

मंसीर १९ काठमाण्डौं । नेकपा भित्र देखिएको बिबादले तल्लो स्तरमा पनि प्रभाव पार्न थालेको छ । यस अघि ओली पक्षले एक लौटी सरकारको बचाउमा र आफ्नै नेताहरु बिरुद्ध लक्षित गर्दे भेला प्रदर्शन गरेको आरोप लाग्ने गरेको थियो ।
तर यस पटक प्रचण्ड माधव पक्षले पनि तल्लो स्तरमा सक्रियता देखाउन थालेको छ ।
आज थापाथली क्याम्पसमा प्रचण्ड माधव पक्षका बिद्यार्थीहरुको भेला भएको हो ।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्।
ओली र प्रचण्डमा वा सचिवालय हुँदै स्थायी समिति सम्म झरेको बिबाद भदौमा केही मत्थर भएर सहमति भएको भएपनि दुबै पक्षबीच फेरी कटुता बढेको छ ।
कार्तिक २८ गते प्रचण्डले एकलौटी रुपमा पेश गरेको प्रतिवेदनमा ओली सरकार र पार्टी चलाउन असफल भएको भन्दै घुमाउरो भाषामा राजीनामा माग गरिएको छ ।
आफूमाथि आरोप लगाएर ल्यायको प्रतिवेदन नै नभई आरोप पत्र मात्र भएको भन्दै त्यसमा छलफल नगर्ने अडान राख्दै ओलीले सचिवालयको बैठक समेत छाडेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ