नेयमार चम्किदा घरेलु मैदानमा पीएसजीसँग युनाइटेड पराजित

नेयमार चम्किदा घरेलु मैदानमा पीएसजीसँग युनाइटेड पराजित

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी ।
नेयमारको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको छ ।

निर्धारित समयको छैटौँ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा मार्कस रासफोर्डले खेल बराबरी गरे । तर, दोस्रो हाफमा मिडफिल्डर फ्रेड दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडन् बाध्य बनेपछि युनाइटेड १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । इन्जुरी समयमा नेयमारले च्याम्पियन्स लिगमा ३८ औँ गोल पुरा गरेपछि पीएसजी ३–१ ले विजयी बन्यो ।

समूहको अर्को खेलमा आरबी लेइपजीगले इस्तानबुल बासाकसेहिरमाथि ४–३ को रोमाञ्चक जीत हासिल गर्यो । समूह एचमा पीएसजी, युनाइटेड र लेइपजीगको समान ९ अंक रहेको छ ।
यो सिजन युनाइटेडले घरेलु मैदानमा हारेको यो चौथो खेल हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ