माउन्टेन ईनर्जिको आईपिओ बाँडफाट, ४ लाख ६८ हजार बढी आवेदकको हात खाली

माउन्टेन ईनर्जिको आईपिओ बाँडफाट, ४ लाख ६८ हजार बढी आवेदकको हात खाली

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मंसीर १७ काठमाडौं । माउन्टेन इनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । आज विहान बाँडफाँड गरिएको आईपिओमा एक लाख ८३ हजार २१ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । थप पाँच जनाले गोलाप्रथाबाट ११ कित्ताको दरले शेयर पाएका छन् ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको आईपीओ बाँडफाँड भएको कम्पनीले जनाएको छ । कूल ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको आईपिओमा चार लाख ६८ हजार ५४९ जनाको हात खाली भएको छ । आवेदन दिएका मध्ये एक हजार सात सय १६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएकोछ ।

गत कार्तिक २६ गते देखि मंसिर २ गते सम्म जारी गरिएको आईपिओ कूल कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणको लागि वितरण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ