बीरगंज १७, मंसिर। पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले खेलकुद ,शिक्षा, स्वास्थ्य तथा विकास निर्माण कार्यलाई योजनाको तहत अगाडी बढ़ाईने बताउनु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंज अपौनीमा नवनिर्मित खेलकुद मैदानको माननीय संसाद प्रदिप यादवले आफ्नो संसदीय विकास कोष बाट खेलाडीहरूको लागि खेलकुद मैदान निर्माण गर्नु भएको छ। सो खेलकुद मैदान आज एक समारोहका विच सांसद खेल मैदान उद्घाटन गर्नुभएको छ। साथै यसमा थप आर्थिक लगानी आफ्नो कोषबाट सक्दो सहयोग गर्ने तथा तत्कालमा यस खेलमैदानमा टावर लाईटको व्यवस्था गरिने प्रतिबद्धता गर्नु भयो ।
खेलकुद मैदान उदघाटन गर्दै यादव ले भने आउने दिनमा यो यो खेलकुद मैदान अझ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले विगत दुई दशकमा यस क्षेत्रबाट निर्वाचित सांसदहरूले गर्न नसकेको विकास निर्माणका कार्यहरू आफुले २ वर्षमै गरेर देखाएको बताए ।
विकासको नारा लिएर धेरै नेताहरु भोट माग्न आए जितेर पनि गए तर यस क्षेत्रको अवस्थामा कुनै परिवर्तन भएको थिएन तर मैले आफनो निर्वाचन क्षेत्रको जनताको जिवन स्तर उकास्न खेलकुद, शिक्षा ,स्वास्थ्य तथा विकास निर्माण कार्यको कामलाई योजना तहत अगाडी बढाएको बताए ।
उक्त उद्घाटन कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी वडा नं. २० का वडा अध्यक्ष पारस यादव सहित वडाका नेता, कार्यक्रता, युवा , खेलाडी तथा भद्रभलादमीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

