माछापुच्छ्रे बैंकको साधारण सभा पुष २ मा बस्ने, यस अघि प्रस्तावित लाभांस पारित हुने

माछापुच्छ्रे बैंकको साधारण सभा पुष २ मा बस्ने, यस अघि प्रस्तावित लाभांस पारित हुने

  • मङ्लबार, मंसिर १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

माछापुच्छ्रै बैंक लिमिटेडको यस अघि स्थगित २२ औं साधारण सभा आगामी पुष २ गते पोखरामा हुने भएको छ । यसै समयमा कोरोना महामारीका कारण प्रत्यक्ष सभामा उपस्थित हुन नसक्ने शेयरधनीले जुम मार्फत पनि सहभागी हुन सक्ने बैंकले सूचना जारी गरी बताएको छ । जुम आईडी र पासवर्ड पछि दिईने बैंकले जनाएको छ ।
साधारण सभा पोखराको होटल पोखरा गान्डमा हुनेछ । यस अघि कार्तिक ६ गतेका लागि बोलाईएको साधारण सभा कोरोना लगायत विभिन्न कारणले स्थगित भएको थियो । साधारण सभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै यस अघि प्रस्ताव गरिएको चुक्ता पुजीको ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
साथै बैंकलाई अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासगँ मर्जरमा जाने वा प्राप्ति गर्ने या वैदेशिक उपयुक्त देखिएमा सो सम्बन्धि आवस्यक निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ