विकासका बजेटमा कसैले एक रुपैया अनियमितता गरेको पाए आफैले दोषीलाई अख्तियार पुर्याउने सांसद श्रेष्ठको घोषणा

विकासका बजेटमा कसैले एक रुपैया अनियमितता गरेको पाए आफैले दोषीलाई अख्तियार पुर्याउने सांसद श्रेष्ठको घोषणा

  • सोमवार, मंसिर १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

मंसीर १५ काठमाण्डौं । बागमति प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले स्थानीय विकास पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको बजेट विनियोजित क्षेत्रमा काँही कतै एक रुपैया पनि कसैले अनियमितता गरेको पाईएमा आफैले अख्तियारमा पुर्याउने घोषणा गरेका छन् ।
काठमाण्डौं क्षेत्र नं १ का संघीय सांसद प्रकाशमान सिंह र प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको बजेट छलफल पछि विभिन्न योजना र कार्यक्रमका लागि छुट्याए पछि उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं क्षेत्र नं १ का चार वटा वडाको बिभिन्न स्थानहरुको आबश्यकतालाई ध्यान दिएर नेता प्रकाशमानसिहसग परामशॅ गरी स्थानीय जनप्रतिनिधि र समूदाय ,क्लब , संघ , संस्थाहरू सग छलफल गरी क्षेत्रको बृहत्तर हितलाई ध्यानमा राखी योजना बाँडफाँट गरिएको पनि श्रेष्ठले बताए ।
संघीय सांसदलाई दिईएको चार करोड र प्रदेश सभा सदस्यलाई दिईएको ३ करोड गरी सात करोड रुपैया विनियोजन गरिएको हो ।
उनले समुदायले या उपभोक्ता समितिले पाउने बाहेकका योजना टेन्डर प्रकृयामा जाने भन्दै कुनै पनि दलालहरुले सम्पर्क नगर्न समेत चेतावनी दिएका छन् ।
कहाँ कहाँ योजना बाँिडयो सूची हेर्नुस् ।

No photo description available.

 

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ