निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

  • आइतवार, मंसिर १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभयो । उहाँले कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म पृष्ठपोषण लिएर काम गर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्न निरन्तर दोहोरो संवादमा रहने बताउनुभयो । उहाँले भन्नभुयो, “आजको छलफल छलफलको अन्त्य होइन, सुरुआत मात्र हो ।”

उद्योगी तथा व्यावसायीलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत कार्यक्रम ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताउनुभयो । अर्थमन्त्री पौडेलले स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसङ्घका पदाधिकारीले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ