बढी भ्रष्टाचार नेपालमा हुने भनेर ट्रान्सप्यारेन्सी ईन्टरनेसनलले प्रकाशित गरेको रिपोर्ट सरकारद्धारा खारेज

बढी भ्रष्टाचार नेपालमा हुने भनेर ट्रान्सप्यारेन्सी ईन्टरनेसनलले प्रकाशित गरेको रिपोर्ट सरकारद्धारा खारेज

  • आइतवार, मंसिर १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाण्डौं मंसीर १४ । सरकारले नेपालमा बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन अस्वीकार गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन अस्वीकार गरेको जानकारी गराएको छ ।
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको सरकारको दाबी छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बदनाम गरिएको दावी गरे ।

तीन करोड जनता रहेकोमा एक हजार जनामा फोनबाट सर्वेक्षण गरिएको छ । जुन थोरै हो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक छन् । राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदन हो,मन्त्री गुरुङले भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको गुरुगंले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ