काठमाडौं, १३ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केदार खतिवडा आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पारेको छ । नेकपा उपत्यका विशेष ब्यूरोका इन्चार्ज मिलनले एक बिज्ञप्ति जारी गरि खतिवडा पार्टीमा आबदव नरहेको जनाएका छन् ।
साथै उनले पार्टीका नाममा अवैध चन्दा असुली गर्ने, आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टीविरुद्धमा साँठगाँठ गर्ने, पार्टीको सूचना दुश्मनलाई बेन्ने र पार्टीका कतिपय नेतृत्वलाई गिरफ्तार गराउँनेजस्ता कार्यमा खतिवडा संलग्न रहेको भन्दै खतिवडा हाल आफ्नो पार्टीमा आबद्ध नरहेकोले निजले फैलाएको भ्रममा नपर्न सबैमा आह्वान समेत गरेका छन् ।
ब्युरो इन्वार्ज मिलनले विज्ञप्तिमार्फत पार्टीका नाममा अवैध चन्दा असुली गर्ने आत्मसमर्पणकारी केदार खतिवडा अहिले पनि पार्टीविरुद्ध षड्यन्त्मूलक गतिविधि र गुटबन्दी एवम् आर्थिक अपचलनमा संलग्न रहेकोले भ्रममा नपर्न अनुरोध गरेका छन ।
