युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडौँ, १३ मंसिर । युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो । ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’

सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो ।
जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ