अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैनः चन्द्र प्रसाद ढकालले भने

अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैनः चन्द्र प्रसाद ढकालले भने

  • शुक्रबार, मंसिर १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ । महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उहाँले भन्नुभयो, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।” उहाँको यो मन्तव्यको आसय उहाँका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उहाँले चुनवको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो ।
सो मन्तव्यमा ढकालले भन्नुभयो, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
उहाँले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होईनन् भन्नुभयो । सो क्रममा चन्द्रप्रसाद ढकालले भन्नुभयो “महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामिलाई जोड्ने नै छ ।”
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजि क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायि नै आउनु पर्ने बताउनुभएको छ । राजधानिमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगि व्यवसायिको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ