पर्सा, ११ मंसिर । नेपाल र भारतको सीमा नाकामा पर्ने मितेरी पुलमा सशस्त्र प्रहरीले भारतीय नागरिक माथि हातपात गरेको भन्दै भारतीय नागरिकले केही बेर तनाव उत्पन्न गरेका छन् । बिहिवार बिहान करिब १० बजेको समयमा भारतबाट नेपाल आइरहेको सर्वसधारण माथि सशस्त्र प्रहरीले लठी प्रहार गरेको भन्दै उनीहरुले तनाव सृजना गरेका थिए ।
बोर्डर आउट पोस्ट भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक लोकेन्द्र प्रसाइले आज बिहान भारतीय नागरिक माथी लठ्ठी प्रहार गर्दै मितेरी पूलबाट लखाटेको आरोप उनिहरूले लगाएका छन । सीमामा खटिएका सशस्त्र प्रहरीले आफ्नो कार्यशैलीमा सुधार नल्याए आउने दिनमा बिरगंज नाका पूर्ण रूपले ठप्प गर्ने चेतावनी समेत दिएका थिए ।

बोर्डर आउट पोस्ट भन्सारका निमित प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक लोकेन्द्र प्रसाइले आज बिहान भारतबाट नेपालतर्फ भारतीय गाडी नेपाल प्रवेश गर्न खोज्दा फिर्ता पठाएको बताएका छन । भारतीय नागरिकले आफू माथी लगाएको आरोप निराधार रहेको बताउदै आफ्नो कुनै टोलि भारतीय नागरिक माथी लठ्ठी प्रहार नगरेको बताए । नेपाल सरकारले दिएको निर्देशन बमोजिम मंसिर ३० गतेसम्म नाका ठप्प राख्ने निर्देशनलाइ मात्र पालना गरेको बताए ।
मितेरी पुलमा जम्मा भएका भारतीय नागरिकले एक जना नेपाली पत्रकारमाथि दुरव्यवहार गरेका थिए । त्याहाँ आईपुगेका एक पत्रकारमाथि शसस्त्रले पनि दुरव्यवहार गरेको आरोप भारतीय पक्षको छ ।
