उद्योग वाणिज्य महासंघको निर्वाचन साधारण सभा शुरु हुँदै, कडा चुनावी टक्करको तयारीमा प्रधान र ढकाल समुह

उद्योग वाणिज्य महासंघको निर्वाचन साधारण सभा शुरु हुँदै, कडा चुनावी टक्करको तयारीमा प्रधान र ढकाल समुह

  • बिहिबार, मंसिर ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र भोली हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छाले महासंघको आगामी नेतृत्व पाउनुहुने छ । बाँकी पदहरुमा भने निर्वाचन हुने महासंघले जनाएको छ ।

१३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । तीन दिनसम्म चल्ने महासंघको चुनावी प्रतिस्पर्धामा ढकाल र प्रधानको टक्कर पर्ने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल आफू चुनावी प्रतिपर्धामा विजयी हुने बलियो सम्भावना रहेको दाबी गर्नुहुन्छ । साना तथा ठूला व्यवसायीहरुको आफूले स्वतस्फूर्त सहयोग पाएकाले चुनावी प्रतिस्पर्धा गर्नुनपर्ने दाबी ढकालको छ । यता प्रधान प्यानलले कृषि क्षेत्रमा व्यवसायीकरण र आधुुनिकीकरण मुख्य एजेन्डा बनाएको छ ।

आफ्नो प्यानलमा क्षमता र अनुभवी उद्योगी–व्यवसायीको सहभागिता रहेकाले आफूले चुनाव जित्नेमा विश्वस्त रहेको प्रधानको दाबी छ । वरिष्ठ उपाध्यक्षको चुनावका प्रत्यासी प्रधान र ढकाल दुवै पक्षले चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् ।

प्रधान पक्षलाई पूर्वअध्यक्ष पशुपति मुरारकाको सहयोग छ भने चन्द्र ढकाल पक्षलाई अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालको सहयोग छ । प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै पक्षले आफ्नो बलियो उपस्थिति र दाबेदारी देखाइरहेको महासंघको चुनावी प्रतिस्पर्धा निकै नै रोचक हुने देखिएको छ । महासंघको निर्वाचनका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने महासंघको सचिवालयले जनाएको छ । कोरोनाको जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दाभिन्दै ठाउँमा निर्वाचन कार्यक्रम तय गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्यांक्वेट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । कोरोना र लकडाउनका कारण साधारण सभा रोकिदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ