मंसीर ११ काठमाण्डौं । विश्वका महान फुटवलर अर्जेन्टीनी डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
उनको कार्डियक अरेष्टका कारण निधन भएको बिबिसीले जनाएको छ । यसै महिना उनको मस्तिष्कको पनि अप्रेसन गरिएको थियो । यो अप्रेसनको दुई साता पछि नै उनको निधन भएको हो ।
म्यारोडोनाको सबै भन्दा फुटबलमा चर्चा सन् १९८२ बाट शुरु भएको थियो । त्यस बेला उनी २१ बर्षको उमेरमै स्टार खेलाडीको रुपमा स्थापित भएका थिए ।
त्यस पछि सन् १९८६ मा उनको कप्तानीमा अर्जेन्टिनाले विश्वप फुटवल जीतेको थियो । म्यारोडोनाले अर्जेन्टिनाको लागि खेल जीवनभरमा ९१ म्याच खेलेका थिए । जसमा उनले ३४ गोल गरेका थिए ।
उनले ड्रग्सको कुलता कारण उनलाई सन् १९९१ मा १५ महिनाको लागि खेलमा प्रतिवन्ध पनि लगाईएको थियो । उनले सन् १९९७ मा आफ्नो ३७ औं जन्म दिनको अवसर पारेर व्यवशायीक फुटवलबाट सन्यास लिएका थिए । उनले बार्सिलोना र नापोली जस्ता प्रशिद्ध क्लबका लागि पनि खेलेका थिए ।
उनी त्यस पछि सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय फुटवल टोलीका कोच बनाईएका थिए । तर सन् २०१० को विश्वकपको क्वाटर फाईनलमा जर्मनीसगँ पराजीत भए पछि उनले यो पद छाडेका थिए । म्यारोडोना सधैँ १० नं जर्सी लगाउने गर्दथे । उनलाई ब्राजिलीयन महान् फुटवलर पेलेसगँ जोडीको रुपमा चर्चा गर्ने गरिन्छ ।
उनी मेक्सीको र युएईको टिमको ईन्चार्ज समेत भएका थिए । म्यारोडोनाको निधन पछि संसारभरबाट श्रदाञ्जली आउने क्रम जारी रहेको छ । महान फुटवलर पेलेले आफूले प्रिय र महान साथी गुमाएको प्रतिकृया दिएका छन् । पेलेले भावुक समवेदना पोख्दै भनेका छन्, प्रिय मित्र हामी स्वर्गमा पनि सँगै फुटवल खेल्ने छौँ ।
