महासंघको निर्वाचन जीत्ने किशोर प्रधान समुहको दाबी

महासंघको निर्वाचन जीत्ने किशोर प्रधान समुहको दाबी

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैशाख १० गते, काठमाडौं ।  नेपालउद्योग बाणिज्य महासंघको ५४ औं राष्ट्रिय साधरण सभाबिहिबारबाट सुरु हुँदै छ । अध्यक्षभवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचन मार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् ।
कोरोनाभाइरसको महामारीकाबीच नेतृत्वचयन सहितको साधरण सभा भएकाले यसपटक सहमतिको आधारमा नेतृत्वचयन गर्न दवाव बढे पनि सहमतिबन्न सकेन । बर्तमान अध्यक्ष भवानी राणा, मङ्सीर १३ गतेबाट स्वःतहअध्यक्षबन्ने शेखर गोल्छा, निर्वतनमान अध्यक्षपशुपति मुरारका, पूर्व अध्यक्षहरु कुसकुमार जोशी, रविभक्तश्रेष्ठ, महेशलालप्रधान, प्रदिपकुमार श्रेष्ठलगायतका अधिकांस पूर्व अध्यक्षहरुलेकिशोर प्रधानलाई बरिष्ठ उपाध्यक्षमानिर्वाचित गराउनअपिल गरीरहेका छन् ।
५० प्रतिशतमतभार रहेको जिल्लानगरकाअधिकांस अध्यक्षहरु पनि साधरण सभामाभागलिन काठमाडौं आइसकेका छन् । जिल्लानगरकाअध्यक्षले हाल्ने १ सय ७भोट नै निर्णायकभएकाले दुवै समुहको जिल्लानगरको भोट तान्न कसरत गरिरहेका छन् ।
जिल्लानगरबाटै प्रतिनिधित्वगर्ने बिराटनगरका ब्यवसायीकिशोर प्रधान र एसोसियटस्बाट प्रतिनिधित्वगर्ने चन्द्र ढकालबीच कसले बरिष्ठ उपाध्यक्षमा बाजी मार्ला भन्ने सर्वाधिकचर्चा हुदै गर्दा ७ वटै प्रदेशका७५ बढि जिल्लानगरका अध्यक्षहरु खुलेरै शेखर गोल्छाको आगामी कार्यकाल सफल बनाउन बरिष्ठ उपाध्यक्षमा अगाडि सारेकाकिशोर प्रधानको समुहलाई समर्थन गर्ने दाबी प्रधान समुहको छ ।
चन्द्र ढकाल समुहले गण्डकी प्रदेशमा सतप्रतिशतआफनो पक्षमाभोट हुने बताइरहेकाजिल्लानगरकाअध्यक्षले समेत किशोर प्रधानलाई भोट हाल्ने बताएको प्रधान समुहको दाबी छ ।
ढकाल पक्षले पनि आफूले चुनाव जीत्ने दाबी गरीरहेको छ । दुबै पक्षको आ आफ्नो दाबीका बीच निर्वाचनको नतिजा नआँउदा सम्म ठोस अनुमान गर्न कठिन पर्ने कतिपय व्यवशायीको बुझाई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ