विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले वृद्धि

विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले वृद्धि

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

देशभित्र कूल विदेशी विनियम सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे विवरणअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा रु ११ अर्ब ६५ करोड रहेकोमा गत असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ५५ करोड पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा गत असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा गत असोज मसान्तमा ३.४ प्रतिशतले वृद्धि भई रु एक ८१ अर्ब रहेको छ । चालू आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ ।
विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९ प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन् । यस्तो छ आयात, निर्यातको अवस्था चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई रु ३१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर रु दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, हवाईजहाज तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । चालू आवको तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी रु दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भ्रमण आयमा ९१.५ प्रतिशतले कमी आई रु एक अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ३३ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ७४.८ प्रतिशतले घटी रु पाँच अर्ब २९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु चार अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय रु १० अर्ब १८ करोड रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ