काठमाण्डौं मंसीर १० । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमतिप्राप्त गरी २०६७मंसिर १० गते देखि कारोबार संचालनगर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेकोछ ।
सबैले आफ्नोजिम्मेवारी निर्वाह गरेमाउत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथवार्षिकोत्सवको अवसरमाबैंकले आफ्नो संस्थागतसामाजिकउत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन”सहितहालबिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।
जस अनुसार कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमणभई निको भएकाकर्मचारीहरुवाट प्रतिवद्दता, “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुकालागिटुंडिखेलमानिःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजन गरेको थियो ।
यस्तै बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममाआश्रृत बृद्धबृद्धाहरुका लागि३ महिनालाईपुग्ने चामलसो बृद्धाश्रमका अध्यक्ष् ाहरि खड्कालाई हस्तान्तरण समेत गरेको छ ।
दशौंं वार्षिकोत्सवको उपलक्ष्यमाआयोजित वेवीनार कार्यक्रममा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमाहासिल गरेको उपलब्धीहरु प्रस्तुत गर्नु भएको थियो भने बैंक संचालक समितिका अध्यक्ष .ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहकहरु, नियमनकारी निकाय, पत्रकार÷मिडियाकर्मी मित्रहरु, शेयरधनीतथाप्रबद्र्धक मित्रहरु तथाअन्य सम्पूर्ण शुभचिन्तकमहानुभावहरु प्रतिहार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।
