मैले जीते पछि जिल्ला नगर र केन्द्रबीच पुलको रुपमा काम गर्नेछुः ढकाल

मैले जीते पछि जिल्ला नगर र केन्द्रबीच पुलको रुपमा काम गर्नेछुः ढकाल

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ ।
आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने बताउनुभयो ।
‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उहाँले भन्नुभयो, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भएपनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’
अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुयो ।
‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोनो साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उहाँले बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए ।
भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताउनुभएको थियो ।
कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताएका थिए । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा हुनुहुन्छ । त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिनुभएको थियो ।
उहाँहरुले उद्योगी व्यवसायीका हकहितका लागि भएपनि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ