सिभिल बैंक स्थापनाको दश बर्ष पूरा, आज उपलव्धिहरुको चित्रण जुम मार्फत गरिदै

सिभिल बैंक स्थापनाको दश बर्ष पूरा, आज उपलव्धिहरुको चित्रण जुम मार्फत गरिदै

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

मंसीर १० काठमाण्डौं । निर्माण, घर जग्गा, व्यापार एवं विभिन्न व्यवशायीक क्षेत्रमा सक्रिय व्यक्तिहरुबाट स्थापित एवं प्रवद्र्धित सिभिल बैंक स्थापना भएको आज दर्श बर्ष पूरा भएको छ ।
दश बर्ष अघि आजकै दिन स्थापना भएको यो बैंक अहिले प्रतिस्पर्धी बैंकको रुपमा उदाएको छ । आज जुम मार्फत बैंकले १० बर्षका ऐतिहासिक उपलव्धिहरुको बारेमा अवगत गराउने बैंकले जनाएको छ । वेवईनार ११ बजे पछि शुरु हुने बैंकको ब्रान्डिगं एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख बिजय राज कसजूले जानकारी दिए ।
दश बर्षको अवधिमै बैंकले देशभर एक सय १२ वटा शाखा बिस्तार गर्न सफल भएको छ । बैंककको सञ्चालक समितिको अध्यक्षमा ईच्छाराज तामागं रहेका छन् ।

सिभिल बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा ९ करोड ६६ लाख ७८ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ६९ अर्ब ४० करोड १८ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. ५६ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि २ अर्ब २ करोड १९ लाख रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. १ अर्ब ६३ करोड ९२ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ४९ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ८ अर्बरुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने १ अर्ब ६४ करोड भन्दा बढी रकम जम्मा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ