मोरङ,मंसीर ९ गते । मोरङको बिराटनगर(१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसै गरी मोरङ कहटरी -१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ । आज दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर-२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनि अटो बाट आफै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline